ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयरमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता कति छ मूल्य ? « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयरमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता कति छ मूल्य ?



काठमाडौं । आज मंगलबारदेखि विभिन्न २ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिएको छ । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आज (भदौ, २९ गते) देखि बिक्री खुला गरिएको हो ।

ज्योति विकास बैंक लिमिटेडको २९ हजार २५० कित्ता शेयर र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको शेयर बिक्री खुला गरेको हो ।

ज्योति विकास बैंकको न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको न्यूनतम मूल्य ३५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले दुवै कम्पनीको शेयरमा न्युनतम १ हजार कित्तादेखि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

उक्त संस्थापक शेयरमा आज भदौ २९ गतेदेखि कार्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्