दोहोरो अंकले घटेको बजारमा कारोबार ह्वात्तै घट्यो, प्रतिस्थापक विद्येयक पारित नहुँदा बजार प्रभावित « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

दोहोरो अंकले घटेको बजारमा कारोबार ह्वात्तै घट्यो, प्रतिस्थापक विद्येयक पारित नहुँदा बजार प्रभावित



काठमाडौं । शेयर बजारमा पुनः करेक्शन आएको छ । यस सातो आइतबार र सोमबार दुई दिन बजार बढेपनि मंगलबार पुनः करेक्शन भएको हो । सरकारले ल्याएको प्रस्थिापन प्रतिस्थापक संसदबाट पारित नभएकाले बजारमा प्रभाव परेको बताईएको छ । बजेटको प्रतिस्थापन विधेयक पारित नभएकाले केही दिनका लागि सरकारी खर्च बन्द हुने भएको हो ।

सरकारले प्रतिनिधिसभामा विचाराधीन बजेट (विनियोजन विधेयक–२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने र भदौ ३० गतेदेखि केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएकोले पनि बजारमा यसको प्रभाव परेको हो । अर्थमन्त्री जनार्दन शर्माले ५–७ दिन खर्च नहुन सक्ने बताएपछि बजारमा प्रभाव परेको शेयर विज्ञ बताउँछन् ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.५४ अंकले करेक्शन भएर २९२९.२८ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सामान्य अंकले बढेको थियो । तर बजार अझै बढ्छ की घट्छ कुनै आँकलन गर्न सकिएको छैन् । केही लगानीकर्ता नियामक निकायका विरुद्ध आन्दोलनरत रहेका छन् ।

मंगलबार दिनभरिमा २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर ५९ हजार ८५४ पटक किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारि गिरावट आएको हो । मंगलबार कुनै पनि समूहमा हरियो देखिएको छैन् भने सबै समूह राताम्य बनेका छन् । मंगलबार निर्जीवन बीमा समूह २.०४ प्रतिशत र विकास बैंक समूह १.१९ प्रतिशतले सर्वाधिक घटेको छ ।

मंगलबार बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त लगानीकर्ताले १० प्रतिशत र सानिमा लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । तर राष्ट्रि बीमा कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशत र एशियन लाइफ इन्स्योरेक्स कम्पनीका लगानीकर्ता ३.८७ प्रतिशतले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्