सेती महाकाली प्रवास सेवा समिति भारतको बल्लारी जिल्ला सम्मेलन सम्पन्न « Arthapath.com
३० भाद्र २०७८, बुधबार

सेती महाकाली प्रवास सेवा समिति भारतको बल्लारी जिल्ला सम्मेलन सम्पन्न



काठमाडौं । सेती महाकाली प्रवास सेवा समिति भारतको बल्लारी जिल्ला सम्मेलन सम्पन्न भएको छ । भारतको कर्नाटक राज्य अन्तर्गत रहेको बल्लारी जिल्लाका अध्यक्ष कमल बीसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सेती महाकाली प्रवास सेवा समितिले जानकारी दिएको छ । 

कार्यक्रमको अध्यक्षता बल्लारी जिल्लाका अध्यक्ष कमल बीसीले गरेका थिए भने प्रमुख अतिथि आन्ध्र प्रदेश राज्यका अध्यक्ष पदम बीसी रहेका थिए । 

सेती महाकाली प्रवास सेवा समितिलाई शसक्त बनाउन र संगठन विस्तार गर्न जिल्ला सम्मेलनको आयोजना गरिएको समितिले जनाएको छ । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बल्लारी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शेर बीसी, अतिथिहरुमा आन्ध्र राज्य समितिका सचिव नरेश बीसी, आन्ध्र राज्यका पत्रकार सुभास चन्द्र बीसी, बल्लारी जिल्ला संगठन प्रमुख सन्जु बिक, बल्लारी जिल्ला व्यवस्थापन विभाग प्रमुख बिक्रम बीसी, बल्लारी जिल्ला उपाध्यक्ष सौगात बीसी, बल्लारी जिल्ला सचिव गणेश पार्की, बल्लारी जिल्ला कोषाध्यक्ष गोबिन्द्र बिक लगायतको उपस्थिति रहेको थियो । 

यो बल्लारी जिल्लाको प्रथम सम्मेलन हो । जसमा नयाँ पदाधिकारीलाई स्वागत तथा औपचारिक अभिनन्दन गरेको हो । कार्यक्रम सञ्चालन बल्लारी जिल्ला सचिव गणेश पार्कीले गरेका थिए । एकता नै बल हो भन्ने सन्देश दिएर समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्