एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी « Arthapath.com
३० भाद्र २०७८, बुधबार

एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी



काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमणका कारण ज्यान गुमाएका गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताएका छन ।

स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गरेका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको इन्स्योरेन्सले जनाएको छ ।

महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १ सय ८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम इन्स्योरेन्समा बुझाएका थिए ।

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण मुत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्