ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न बचत खातामा ४.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले फिक्स्ड डिपोजिट खातामा ब्यक्तिगततर्फ ३ महिना देखि श्६ महिनासम्माको खातामा ८.८० प्रतिशत, ६ महिनादेखि १ बर्षसम्मको खातामा ८.९० प्रपितशत र १ बर्षभन्दा माथिको खातामा ९ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । यता बैंकले संस्थागततर्फ फिक्स्ड डिपोजिट खातामा ९.५० प्रतिशत ब्याज दिने भएको हो ।
कर्जामा भने बैंकले कर्पाेरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतमा कर्जा उपलब्ध गराउने भएको हो । भने एसमईमा विभिन्न कर्जामा १ प्रतिशतदेखि ६ प्रतिशत नै लागू गरेको छ । बैंकको असार मसान्तसम्म ६.६० प्रतिशत बेस रेट रहेको छ ।
