५ लघुवित्तको लाभांशः दुई लघुवित्तले दोब्बर बढाउँदा फर्स्ट माइक्रोफाइनान्सको घट्यो « Arthapath.com
४ आश्विन २०७८, सोमबार

५ लघुवित्तको लाभांशः दुई लघुवित्तले दोब्बर बढाउँदा फर्स्ट माइक्रोफाइनान्सको घट्यो



काठमाडौं । विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न शुरु गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । जसमा विभिन्न जलविद्युत कम्पनी र लघुवित्तले लाभांश वितरण गरिसकेका छन् भने अधिकांश कम्पनीले लाभांश वितरण गर्न बाँकी नै रहेको छ ।

जसमा नेप्सेमा सूचीकृत विभिन्न ५ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांशको घोषणा गरेका छन् । जसमा मिर्मिरे लघुवित्त, डिप्रोक्स लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, स्वरोजगार लघुवित्त र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

हालसम्म लाभांश वितरण गरेको विभिन्न लघुवित्तले घोषणा गरेको लाभांशमा सबैभन्दा बढी साधाना लघुवित्तले २६.३२ प्रतिशत दिने भएको छ । अघिल्लो आवमा साधनाले २० प्रतिशत लाभांश दिएको थियो । मिर्मिरे लघुवित्तले अघिल्लो आवको भन्दा गत आवमा दोब्बरले २० प्रतिशत लाभांश दिने भएको छ । तर अघिल्लो आवको भन्दा केही प्रतिशत घटाएर फर्स्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । फर्स्ट माइक्रोफाइनान्सले अघिल्लो आवमा १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्