६ मर्चेन्ट बैंकरले घोषणा गरे लाभांशः एनआईसी एशियाको ४८ प्रतिशत, कसकाे कति ? « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

६ मर्चेन्ट बैंकरले घोषणा गरे लाभांशः एनआईसी एशियाको ४८ प्रतिशत, कसकाे कति ?



काठमाडौं । हालसम्म विभिन्न मर्चेण्ट बैंकरले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने भएका हुन् । धितोपत्र बोर्डमा दर्ता भएका ३० वटा मर्चेण्ट बैंकर्समध्ये केही कम्पनीले लाभांश र वार्षिक साधारण सभा बोलाएका छन् भने केही कम्पनीले वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छन् ।

जसमा विभिन्न ६ क्यापिटलले गत आर्थिक बर्षमो नाफाबाट लाभांश वितरण गर्ने र उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा पनि बोलाएका छन् । एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भईसकेको छ भने अन्य क्यापिटलको हुन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गरेका विभिन्न ६ क्यापिटलमध्ये एनआईसी एशिया क्यापिटलले सर्वाधिक लाभांश वितरण गरेको हो ।

१. एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटल लिमिटेडको आफ्नो ५ औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

क्यापिटलको साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । त्यस्तै, क्यापिटलको सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२. सिद्धार्थ क्यापिटल

सिद्धार्थ क्यापिटलको भदौ १७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले १० औँ वार्षिक साधारण सभा असोज १८ गते, सोमबार सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझ ४ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ८ करोड रुपैयाँ (करसहित) करसहित नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

३. बिओके क्यापिटल

बिओके क्यापिटल लिमिटेडको भदौ २४ गते, बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते कम्पनीको कार्यलय नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

४. सेञ्चुरी क्यापिटल

सेञ्चुरी क्यापिटल लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आर्यतारा भवन, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ६.२५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने छ ।

५. लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केटको असोज १ गते बसेको ससञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापीटलको वार्षिक साधारण सभा असोज २४ गते लक्ष्मी बैंक हात्तिसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत निर्धारण गर्ने छ ।

त्यस्तै, बिशेष प्रस्तावमा आर्थिक बर्ष २०७७–७८ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान २ लाख रुपैयाँ पारित गर्नेछ ।

६. मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । क्यापिटलको साभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गरेको छ । साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्