इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण



काठमाडौ । इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ । विगत केहि दिनदेखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकवाट प्रदान भैरहेको इन्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण गरेको हो ।

क्यानले ऊर्जामन्त्री; ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसंग पोल तथा इएन्ध् भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं इएन्ध् भाडादर पुनरावलोकन समितिको प्रतिवेदन र २०७७ साल भाद्र ५ गते बसेको नेपाल विद्युत प्राधिकरण –संचालक समितिको बैठकको निर्णय अनुरुप भाडादर (पुरानो आ. व. हरुको र हालैको) लागु गर्न अनुरोध समेत गरेको छ ।

प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि ब्यबहारिक नहुने क्यान महासंघको तर्क रहेको छ ।

साथै सो–सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरुविच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठांउहरुवाट इन्टरनेट सेवा प्रदायकहरुका दुरसंचार उपकरणहरु विना–अनुमति निकाल्ने/लैजाने, इन्टरनेट–सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा विना–अनुमति लगिएका दुरसंचार उपकरणहरु सम्बन्धित इन्टरनेट सेवा प्रदयाकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघले अनुरोध गरेको हो ।

इन्टरनेट सेवालाई सर्बसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समिक्षा गर्न क्यान महासंघ र ईन्टरनेट सेवा प्रदायक संघले विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत अझ बढन गई ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्नु दुखद रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निजि–सरकारी साझेदारीमा शुरुवात भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्याउन निजि क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भुमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको विज्ञप्तिमा लेखिएकोे छ ।

इन्टरनेट सेवा सम्बन्धि चर्को करका वावजुत पनि नेपालमा निजि क्षेत्रवाट इन्टरनेट सेवा लिइरहेका करिव ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाउनुमा विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपुर्ण निर्णयका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्नाले आमउपभोक्तालाई सर्वसुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न सम्भव भएको पनि क्यानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्