थप १,४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मुत्यु

काठमाडौं । आज बुधबार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ ।
त्यसैगरी १ हजार ६३० जना निको भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ । हाल देशभर २१ हजार १ सय ३९ जना संक्रिय संक्रमित रहेका छन । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ ।