एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ? « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडौँ । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएलले आजदेखि अवतरित हकप्रद शेयर लिलामीमा विक्री खुल्ला गरेको छ ।

एचआइडीसीएलले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७ सय २४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।हाल कायम चुक्तापूँजीको एक बराबर एक अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ३ करोड भन्दा बढि शेयर वितरण हुन नसकेको हो ।

उक्त लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले असोज १४ गतेसम्म गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ रहेको छ ।इच्छुक लगानीकर्ताले १ सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अङ्कित गरी बोलकबोल गइनुपर्ने छ । सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिन सक्ने कम्प निको जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौँबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैङ्कको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैङ्कको पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि उक्त लिलामी शेयरमा आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्