नबिल ब्यालेन्स फण्ड – ३ को इकाई बाँडफाँट « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

नबिल ब्यालेन्स फण्ड – ३ को इकाई बाँडफाँट



काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने  नबिल ब्यालेन्स फण्ड–  ३ को इकाई बाँडफाँट भएको छ । आज बिहान  नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा  नबिल ब्यालेन्स फण्ड  ३ का इकाईहश्र बाँडफाँट गरिएको हो ।

 योजनाले निष्कासित इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैङ्कलाई सुरक्षित  गरेको छ भने १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैङ्किङलाई सुरक्षित गरेको छ । त्यसैगरी बाँकी रहेको  ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणलाई निष्कासन गरिएको थियो । उक्त इकाईमा १ लाख ४३ हजार २५१ जना आवेदकले २२ करोड ९४ लाख २३ हजार १७० इकाईका लागि आवेदन दिएका थिए ।

१ सय ईकाईदेखि १६ हजार इकाईसम्म माग गर्ने आवेदकले माग गरे जति ईकाई पाएका छन । त्यसैगरी १७ हजार इकाईदेखि १ करोड इकाईसम्म माग गर्ने आवेदकहरुलाई १६ हजार ६७० इकाई र बाँकी रहेको २ हजार ३८० इकाई २३८ जनालाई १० इकाईको दरले थप बाँडफाँट गरिएको नबिल इन्भेष्टमेण्ट बुकिङले जानकारी दिएको छ ।

फण्डले भदौ २५ गतेदेखि २९ गतेसम्म १० करोड इकाई निष्कासन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्