असोज १५ गतेबाट न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आईपीओ खुल्ने « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

असोज १५ गतेबाट न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आईपीओ खुल्ने



काठमाडौँ । असोज १५ गतेबाट न्यादी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । कम्पनिले २२ करोड रुपैयाँ भन्दा बढिको २२ लाख ५० हजार कित्ता प्राथमिक शेयर आईपीओ निष्कासन गर्न लागेको छ ।निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । सर्वसाधारणले बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि असोज १५ गतेबाट असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आईपीओमा पूर्ण आवेदन नपरेमा कम्पनिले आवेदन दिने समय थप गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्