नेपाल इन्स्योरेन्सले मनायो हिरक जयन्ती, १३ जना दिर्घ सेवा पदकबाट सम्मानित « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

नेपाल इन्स्योरेन्सले मनायो हिरक जयन्ती, १३ जना दिर्घ सेवा पदकबाट सम्मानित



काठमाडौं । नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले ७५ औँ बर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ । कम्पनीको असोज ८ गते शुक्रवारका दिन ७४ औं वार्षिकोत्सव एवम् ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखेको बताए । ७ दशक भन्दा बढी उत्कृष्ट सेवा निरन्तर दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पुर्याउने प्रतिवद्धता कामु सीईओ पोखरेलले व्यक्त गरे ।

कम्पनीको ७४ औं वार्षिक उत्सव तथा ७५ औं जन्मजयन्ति कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७४ औँ वर्ष पार गरि ७५ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वाश गरि सहगोग पुर्याउने म्पूर्ण ग्राहकहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा आभार व्यक्त गरेका छन् ।

कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका १३ जना कर्मचारीहरुलाई दिर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका २ जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

कम्पनीको हाल चुक्ता पूँजी रु १२४ करोड रहेको र कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय तथा देशभर ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा आबश्यकताका आधारमा शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्