सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो बर्षभन्दा ५ प्रतिशत बिन्दु बढी दिने

काठमाडौं । सिटिजन्स बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।
अघिल्लो बर्ष बैंकले आर्थिक बर्ष २०७६–७७ मा ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।