१३७३६ जनामा कोरोना परीक्षण गर्दा ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । आइतबार पछिल्लो घण्टामा कोरोना सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको छ । आइतबार पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जना सङ्क्रमित थपिएका हुन । भने १ हजार २ सय ७ हजार निको भएका छन् । हाल देशभर १९ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७ सय ३६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जना सङ्क्रमित थपिएका हुन ।
गत २४ घण्टामा थप ९ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्तमणबाट मुत्यु हुनेको सङ्ख्या ११ हजार ९६ जना पुगेको छ । त्यसै गरी हालसम्म ७ लाख ९१ हजार ३ सय ९२ जना सङ्क्रमित भएका छन् भने ७ लाख ६१ हजार १ सय ५४ जना निको हुनेको सङ्ख्या रहेको छ ।
सक्रिय सङ्क्रमित मध्ये काठमाडौँमा २ हजार ५ सय ५४,भक्तपुरमा ८ सय १९ र ललितपुरमा १ हजार १ सय ८५ जना रहेका छन् ।