सेती महाकाली प्रवास सेवा समितिको कर्नाटक राज्य सम्मेलन सम्पन्न, महिला हिंसाको अन्त्य गर्ने अध्यक्ष विष्टको दाबी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेती महाकाली प्रवास सेवा समितिको कर्नाटक राज्य सम्मेलन सम्पन्न, महिला हिंसाको अन्त्य गर्ने अध्यक्ष विष्टको दाबी



काठमाडौं । सेती महाकाली प्रवास सेवा समिति भारतको प्रथम कर्नाटक राज्य सम्मेलन सम्पन्न भएको छ ।  आइतबार सम्पन्न कार्यक्रमको अध्यक्षता कर्नाटक राज्य समितिका अध्यक्ष घुतु आग्रीले गरेका थिए भने प्रमुख अतिथिमा सेती महाकाली सेवा प्रवास सेवा समिति भारतका केन्द्रिय अध्यक्ष अमर विष्ट रहेका थिए ।

त्यस्तै, विशिष्ट अतिथिमा समितिका केन्द्रिय सचिव हरि विष्ट, अतिथिहरूमा चक्र बहादुर सिंह, केन्द्रिय सचिवालय सदस्य भरत सुनार, संगठन विभाग उपप्रमुख रमेश भण्डारी, कर्नाटक राज्य बरिष्ठ तथा केन्द्रिय सदस्य उपाध्यक्ष निशादेवी पार्की, केन्द्रिय सदस्य रमिला देवी शार्की, खेलकुद विभाग उपप्रमुख सोबी भण्डारी,  दिल बहादुर थापा, दिपेन्द्र विष्ट र विभिन्न जिल्लाबाट उपस्थित भएका जिल्ला अध्यक्षहरु रहेका थिए ।

कार्यक्रमको सञ्चालन कर्नाटक राज्य समितका सचिव तथा केन्द्रिय सदस्य भुपेन्द्र आग्रीले गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा ५ सयभन्दा बढीको उपस्थिति रहेको आयोजकले दापी गरेको छ ।

प्रवासमा बस्ने नेपालीहरूले खेप्नु परेको समस्या समाधान गर्न समितिले मुख्य भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि समाधान गर्दै जाने केन्द्रिय अध्यक्ष अमर विष्टले बताए । सेती महाकाली प्रवास सेवा समिति भारतलाई एउटा अभियानको रुपमा अगाडि सारिएको अध्यक्ष विष्टको भनाई छ । 

प्रवासमा पनि नेपालीहरूले विभिन्न विकृति विसङ्गतिहरू गर्दै आएको र महिला हिंसा पनि बढेकाले त्यसको अन्त्य गर्ने अध्यक्ष विष्टको भनाई छ । अध्यक्ष विष्टका अनुसार जबसम्म संगठन विस्तार हुँदैन, तबसम्म महिलामाथि हुने हिंसा रहिरहने छ । महिलामाथि हुने हिंसाको अन्त्य गर्न महिला विभाग गठन भइसकेको अध्यक्ष विष्टको भनाई छ । 

कार्यक्रममा बोल्दै अध्यक्ष विष्ट भन्छन्, “समाज रूपान्तरण गर्न युवा सक्रिय हुनुपर्छ, समाजमा चेतनाको विकास गर्नुपर्छ, देशमा समृद्धि ल्याउन महिला सशक्तिकरण गर्नुपर्छ, महिलाहरूले आफ्नो हक अधिकारका लागि अग्रसर हुनुपर्छ ।”  कुनै कम्पनीमा काम गर्दै गर्दा दुर्व्यवहार खेप्नु परेको समस्या सङ्गठनमा आएमा त्यसको समाधान गर्ने अध्यक्ष विष्टले दावी गरे । 


प्रतिक्रिया दिनुहोस्