सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सोमबार सुनचाँदीको मुल्य बढेको छ । आज सोमबार एकैदिन सुन तोलामा ३ सय र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
सुन तोलामम ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ३ सय तेजावि सुन प्रतितोला ८८ हजार ८ सय ५० र चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन स्थिर रहेर छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन ८८ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँँमा कारोबार भएको थियो ।
