सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज मङ्गलवार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज मङ्गलवार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८ ९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ३ सय तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० र चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्