मंगलबार थप ११५८ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

मंगलबार थप ११५८ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण गर्दा २ सय ५४ गरी १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्तमणबाट ज्यान गएको छ । यो सँगै कोरोना संक्तमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १ सय १५ पुगेको छ । 

१ हजार ३१८ जना निको भएका छन् । निको हुनेको सङ्ख्या ७ लाख ३६ हजार ७ सय ३४ पुगेको छ ।हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४२२ जना रहेका छन् । सक्रिय संक्रमित मध्ये काठमाडौँमा २ हजार ४ सय ९६ भक्तपुरमा ८ सय १३ र ललितपुरमा १ हजार १ सय ३३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्