आइएमई पे र नियोटेरिक नेपाल वीच सम्झौता, विभिन्न सामान खरिद गर्दा १० प्रतिशत छुटदेखि ल्यापटप सम्म पाइने « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

आइएमई पे र नियोटेरिक नेपाल वीच सम्झौता, विभिन्न सामान खरिद गर्दा १० प्रतिशत छुटदेखि ल्यापटप सम्म पाइने



काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हरुताक्षर गरेका छन् ।

सम्झौता गरिएसँगै नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गरी दसैँ च्याम्पियन पनि सुरु भएको छ । दसैँ च्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । च्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले IIFE Zed Air hs14 Laptop जित्न सक्नेछन भने कुनैपनि Logitech, rapoo, rico, ideakard, senheiser खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुटको अफर रहेको छ । साथै One Plus Phone खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सक्ने आइएमईले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा विश्वस्त रहेको बताए । 


प्रतिक्रिया दिनुहोस्