नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद आउदै, शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । नेपाल फाइनान्स हकप्रद शेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।
फाइनान्सले हकप्रद निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्ति पत्रमा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
१ कित्ता बराबर ०।७० कित्ता हकप्रद निष्कासन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।