काठमाडौँमा मेला, महोत्सव, सभा ,जुलुस गर्न नपाइने, यस्तो छ प्रशासनले जारी गरेको आदेश ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

काठमाडौँमा मेला, महोत्सव, सभा ,जुलुस गर्न नपाइने, यस्तो छ प्रशासनले जारी गरेको आदेश ?



काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले आजबाट अनावश्यक रूपमा भिडभाड, मेला, महोत्सव र सभा जुलुस गर्न रोक लगाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म लागु हुने गरी उक्त निर्णय गरेको प्रशासनले एक सूचना जारी गदै जानकारी दिएको छ ।
उक्त सूचनामा घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने । जात्रा महोत्सव र भोज आदि गर्न गराउन नपाउने उल्लेख गरिएको छ । त्यसै गरी सर्वसाधारण सबैलाई मास्को अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

सार्वजनिक यातायातका साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने समेत उक्त आदेशमा लेखिएको छ । प्रशासनले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरू एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहने, यात्रा गर्दा आधिकारिक टिकट काउन्टर वाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नगराउन अनुरोध गरेको छ ।

कामदार कर्मचारीको समय समयमा एजेन्ट र पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यलय काठमाडौँले जारी गरेको सूचना :


प्रतिक्रिया दिनुहोस्