सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो



काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । आज सुन तोलामा ९ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६ सय र तेजाबी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनसँगै चाँदीको भाउ पनि शुक्रवार तोलाको २० रुपैयाँले बढेको छ । सुन तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाला सुन तोलाको ८८ हजार ७०० रुपैयाँ, तेजाबी सुन ८८ हजार २५० रुपैयाँ र चाँदीको प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्