आरएसडिसी लघुवित्तको लाभांश घोषणा « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

आरएसडिसी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको लघुवित्त संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ नाफाबाट चुक्ता पूँजी ७३ करोड १९ लाख को १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

गत वर्ष कम्पनिले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्