आइतबार सुनचाँदीको भाउ बढ्यो « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

आइतबार सुनचाँदीको भाउ बढ्यो



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ८ सय र तेजावि सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ६०० रुपैयाँ, तेजावी सुन ८९ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्