सोमबार कतिमा कारोबार हुदैछ सुनचाँदी ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

सोमबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । हिजो २ सयले बढेको सुन आज स्थिर रहँदै छापवाला सुन प्रतितोला ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज चाँदी पनि आइतबारकै मूल्य १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रवार छापावाला सुन तोलाको ८९ हजार ६०० रुपैयाँ, तेजाबी सुन ८९ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्