नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन



काठमाडौँ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन भएको छ ।नेप्सेमा १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ४ सय ६ दशमलव ३६ तय भएको छ ।


नेप्सेले अघिल्लो कारोबार दिन आइतबार कायम अन्तिम शेयर मूल्य  ४४७ को आधारमा शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनार्थ सोमबार बुकक्लोज गरेसङै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।


कम्पनीले गत आवको मुनाफाबाट सेयर धनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्