६५० प्रतिशत लाभांश प्रस्ताव पारीत गर्न यूनिलिभरले डाक्यो साधारण सभा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

६५० प्रतिशत लाभांश प्रस्ताव पारीत गर्न यूनिलिभरले डाक्यो साधारण सभा



काठमाडौ । यूनिलिभर नेपाल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनिले प्रस्ताव गरेको हालसम्मकै उच्च ६५० प्रतिशत लाभाश पारीत गर्न साधारण सभा बोलाएको हो ।

कम्पनिले साधारण सभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजे भर्चुअल माध्यमबाट २८ औं वार्षिक साधारण सभा गर्ने छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने, प्रबन्ध निर्देशकको पारिश्रमिकबारे जानकारी गराउने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण, आव २०७७/७८ को नाफा नोक्सान, वासलात नगद प्रवाह विवरण, सञ्चालक समिति तथा लेखापरीक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पनि कम्पनिले उक्त साधारण सभाले पारीत गर्ने छ ।

असोज २५ गतेबाट कात्तिक ११ गतेसम्म कम्पनिको बुक क्लोज हुने छ । तसर्थ असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनिले प्रस्ताव गरेको हालसम्मकै उच्च लाभांश पाउने छन ।


प्रतिक्रिया दिनुहोस्