बुधवार सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौँ । आज बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एकै दिन ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार ९ सय र तोजावि सुन ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी स्थिर रहँदै मङ्गलवार कारोबार भएको मूल्य १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मङ्गलवार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजाबी सुन ८९ हजार ८५० रुपैयाँ र चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
