“युवा सँग महालक्ष्मी लाईफ“ बिमा जागरण राष्ट्रिय अभियान बागलुङ र बेनीमा सम्पन्न « Arthapath.com
२० आश्विन २०७८, बुधबार

“युवा सँग महालक्ष्मी लाईफ“ बिमा जागरण राष्ट्रिय अभियान बागलुङ र बेनीमा सम्पन्न



काठमाडौँ । “युवा सँग महालक्ष्मी लाईफ“ बिमा जागरण राष्ट्रिय अभियान बागलुङ र बेनीमा सम्पन्न भएको छ  । युवा वर्गमा बिमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट “युवा सँग महालक्ष्मी लाईफ“ बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको थियो ।

सोही क्रममा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा सँग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरू सहभागी भएको इनस्योरेन्सले जनाएको छ । कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरूलाई बिमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यसैगरी हिजो धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा पनि “युवा सँग – महालक्ष्मी लाईफ“ बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले २५ जना सहभागी विद्यार्थीहरूलाई बिमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्