लाभांशः नेशनलको सबैभन्दा धेरै ५२%, सेञ्चुरीले सबैभन्दा कम दिँदा ४ कम्पनीको ४०% बढी « Arthapath.com
२० आश्विन २०७८, बुधबार

लाभांशः नेशनलको सबैभन्दा धेरै ५२%, सेञ्चुरीले सबैभन्दा कम दिँदा ४ कम्पनीको ४०% बढी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवान) मा ३० वटा मर्चेण्ट बैंकर्स दर्ता छन् । जसमध्ये हालसम्म १७ कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म २० कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएपनि १७ कम्पनीले मात्रै लाभांश घोषणा गरेका हुन् । विभिन्न २० कम्पनीले वार्षिक साधारण सभा बोलाएपनि ३ कम्पनीले भने लाभांश नदिने भएका हुन् ।

वार्षिक साधारण सभा बोलाएका कम्पनीहरुमध्ये केही कम्पनीको भने वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । गत आर्थिक बर्षमा शेयर बजार बढेको र आईपीओ निष्काशन गर्ने कम्पनी धेरै भएका कारणले मर्चेण्ट बैंकर्सहरुको नाफा बढेको हो । गत बर्ष हालसम्म कै धेरै कम्पनीले आईपीओ निष्काशन गरेका थिए । शेयर बजार पनि बढेको थियो । सोही कारण क्यापिटलहरुको व्यावसाय बढेकाले नाफा पनि उल्लेख्य रुपमा बृद्धि भएको हो ।

वार्षिक साधारण सभा सम्पन्न गरिसकेका कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेका छन् । सबैभभन्दा धेरै लाभांश वितरण गर्नेमा नेशनल मर्चेण्ट बैंकर रहेको छ । यस कम्पनीले ५२ प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीको उक्त लाभांश वार्षिक साधारण सभाले पारित समेत गरिसकेको छ ।

त्यस्तै, एनआईसी एशिया क्यापिटलले ४८ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै, प्रभु क्यापितलले १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सनराइज र सिद्धार्थ क्यापिटलले पनि ४० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । सबैभन्दा कम लाभांश सेञ्चुरी क्यापिटलले ६.२५ प्रतिशत वितरण गर्नेछ ।

यता हिमालयन क्यापिटल र आर्कस क्यापिटलले लाभांश नदिने भएका छन् । केसीएल एक्च्यूट क्यापिटल भने गरिमा विकास बैंकसँग मर्जरमा जाने भएकाले आफ्नो वार्षिक साधारण सभा बोलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्