आपराधिक सत्य घटनामा आधारित क्राइम फाइओल्स « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

आपराधिक सत्य घटनामा आधारित क्राइम फाइओल्स



काठमाडौँ । आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एन्ड इन्भेस्टमेन्ट सिरिज, क्राइम फाइओल्स यही आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाल भित्रै घटेका विभिन्न किसिमका आपराधिक घटनाहरूको नाट्य रूपान्तरण क्राइम फाइओल्स मार्फत प्रस्तुत गरिने छ ।

नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्त्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरू समेटेर क्राइम फाइओल्स निर्माण गरिएको  निर्माण टिमले जानकारी दिएको छ ।

एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेको कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्ट्रेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् । 

क्राइम फाइलस्को बजार व्यवस्थापन एड रिलिजले गर्ने छ र यसको होस्ट सुरज गिरीले गर्ने एड प्याड र रोमा प्रोडक्सनले  जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्