सामलिङ्ग पावरको आईपीओ कात्तिक ४ गतेदेखि बिक्री गरिने, कति कित्तासम्म आवेदन दिने ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सामलिङ्ग पावरको आईपीओ कात्तिक ४ गतेदेखि बिक्री गरिने, कति कित्तासम्म आवेदन दिने ?



काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग गरेजति आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्