बुद्धभुमि हाइड्रोपावरको आईपीओ रिजल्ट यी ४ तरिकाबाट हेर्न सकिन्छ « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

बुद्धभुमि हाइड्रोपावरको आईपीओ रिजल्ट यी ४ तरिकाबाट हेर्न सकिन्छ



काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ताका लागि आवेदन परेको थियो । जसमा १६ हजार ३३ जना आवेदकको १ लाख ९८ हजार ४४० कित्ता विभिन्न कारणले रद्ध भएको छ । त्यसैले योग्य रहेका २० लाख १४ हजार ९२२ जना आवेदकको २ करोड ४२ लाख १ हजार ९३० कित्ता मात्रै सदर भएको छ । सदर भएका आवेदकलाई बाँडफाँड गर्दा ७४ हजार ४ सयले मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । आवेदन दिएका मध्ये १९ लाख ४० हजार ५२२ जना आवेदकको हात रित्तो भएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भइसकेकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । बुद्धभुमिको वेवसाइट https://buddhabhumihydro.com/, बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेवसाइट https://www.civilcapitalmarket.com/ipo OR https://www.civilcapitalmarket.com/, सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

आईपीओ यहाँबाट हेर्न सकिन्छ:

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.civilcapitalmarket.com/

https://www.civilcapitalmarket.com/ipo

https://buddhabhumihydro.com/


प्रतिक्रिया दिनुहोस्