बुद्धभुमिको आईपीओ बाँडफाँड सम्पन्न, साढे १९ लाखको हात रित्तो, कतिले पाए ? « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

बुद्धभुमिको आईपीओ बाँडफाँड सम्पन्न, साढे १९ लाखको हात रित्तो, कतिले पाए ?



काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पनन भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ताका लागि आवेदन परेको थियो । जसमा १६ हजार ३३ जना आवेदकको १ लाख ९८ हजार ४४० कित्ता विभिन्न कारणले रद्ध भएको छ । त्यसैले योग्य रहेका २० लाख १४ हजार ९२२ जना आवेदकको २ करोड ४२ लाख १ हजार ९३० कित्ता मात्रै सदर भएको छ । सदर भएका आवेदकलाई बाँडफाँड गर्दा ७४ हजार ४ सयले मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । आवेदन दिएका मध्ये १९ लाख ४० हजार ५२२ जना आवेदकको हात रित्तो भएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।


प्रतिक्रिया दिनुहोस्