गुराँस लाइफका सीईओ नारायण कुमार भट्टराईको राजीनामा स्वीकृत, संचालकमा तोदी नियुक्त « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

गुराँस लाइफका सीईओ नारायण कुमार भट्टराईको राजीनामा स्वीकृत, संचालकमा तोदी नियुक्त



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भट्टराईको राजीनामा स्वीकृत भएको छ । हिजो बसेको संचालक समितिको बैठकले सीईओ नारायण कुमार भट्टराईले दिएको राजीनामालाई स्वीकृत गरेको हो ।

कात्तिक १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत भएको कम्पनीले एक सुचना जारी गदै जानकारी दिएको छ । भट्टराईले असोज १९ गते आफ्नो व्यक्तिगत कारण देखाइ राजीनामा दिएका थिए ।

हिजो बसेको संचालक समितिको बैठकले कम्पनीका सञ्चालक (प्रतिनिध सनराइज बैंक) अपछ कुमार यादबले दिएको राजीनामा समेत स्वीकृत गरेको छ । भने रित्त रहेको संस्थापक शेयरधनीको तर्फबाट संचालक पदमा विक्रम कुमार तोदीलाई नियुक्ति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्