रैराङ हाइड्रोपावरको साधारण सभा कात्तिक १७ गते, १२.६ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

रैराङ हाइड्रोपावरको साधारण सभा कात्तिक १७ गते, १२.६ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक ससाधारण सभा कात्तिक १७ गते आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा हुनेछ । कम्पनीले १८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो ।

कम्पनीको सभाले रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ कात्तिक ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ३ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्