बिहिबार सुन ३ सय र चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौं । आज विहिबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजावि सुन पतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सु्न प्रतितोला ९१ हजर ४ सय रुपैयाँ र तेजावि सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज एकैदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
