न्यादी हाइड्रोपावरको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस् « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

न्यादी हाइड्रोपावरको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्



काठमाडौं । न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दिएका २० लाख ३१ हजार ८८८ जना आवेदकको हात रित्तो भएको कयापीटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/ बिकी प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/#/login

https://nhl.com.np/


प्रतिक्रिया दिनुहोस्