सुन तोलामा ९२ हजार ४ सय पुग्यो

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला प्रतितोला ९२ हजार ४०० र तेजावी सन ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार १००, तेजावी ९१ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।