सोमबार नेप्सेमा उछाल, परिसूचक २६ सय उक्लीयो « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

सोमबार नेप्सेमा उछाल, परिसूचक २६ सय उक्लीयो



काठमाडौं । सोमबार नेप्से ८७ अंकले बढेर सबै समुहमा हरियाली छाएको छ । साताको दोस्रो दिन आज सोमबार नेपसे ८७.६३ अंकले बढेर परिसुचक २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय २९ कम्पनिको ८ करोड ३९ लाख ५ हजार ८ सय ६४ कित्ता शेयर ५३ हजार ७ सय ९२ पटक किनबेच हुदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ ।

आज १७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तैगरि सांग्रिला डेभलपमेन्ट बैंकका डिबेञ्चर इकाईधनी ४ प्रतिशतका दरलेले गुमाएका छन् । आज सबैभन्दा बढि महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख अपि पावर कम्पनीको १३ करोड ४५ लाख सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँको सबैभन्दा बढि शेयर कारोबार भएका छन् ।


प्रतिक्रिया दिनुहोस्