एनएमबि बैंकको खुद नाफा १ अर्ब ४ करोड पुग्यो, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

एनएमबि बैंकको खुद नाफा १ अर्ब ४ करोड पुग्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । एनएमबि बैंकले ४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण अनुसार नाफा १ अर्ब ४ करोड पुगेको छ । गत वर्षको सोही अवधीमा बैंकले ७४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा ४२।४९ प्रतिशतले बढेको हो ।खुद नाफासंगै बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । वितरण योग्य नाफा ४५ करोड ८४ लाख पुगेको छ ।

बैंकको निक्षेप ५.४६ प्रतिशतले उकालो लागेर १ खर्ब ७३ अर्ब पुगेको छ भने कर्जा लगानी ९.६४ प्रतिशतले बढाएर १ खर्ब ६५ अर्ब पुगेको हो । त्यसैगरी सार्वजनिक विवरण अनुसार बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी पनि ५ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब ४२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधीमा १ अर्ब ३५ करोड ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा अनुपात २।२६ प्रतिशतबाट घटेर १.८५ प्रतिशतमा झरेको छ ।

चुक्तापुंजी १६ अर्ब ३२ करोड रहेको बैंकले जगेडा कोषमा ८ अर्ब ६५ करोड रुपैयाँ छुटाएको छ । बैंकको प्रति सेयर आम्दानी ४२.४९ प्रतिशतले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्