मुक्तिनाथ विकास बैंकको खुद नाफा ३४ करोड ५५ लाख पुग्यो, कस्तो छ अन्य सुचक ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

मुक्तिनाथ विकास बैंकको खुद नाफा ३४ करोड ५५ लाख पुग्यो, कस्तो छ अन्य सुचक ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ३४ करोड ५५ लाख ८७ हजार पुगेको छ । गत वर्षको सोही अवधीमा बैंकले २९ करोड ४१ हजार ५९ हजार रुपैयाँ आर्जन गरेको थियो । यो १७.४८ प्रतिशतले बढेको हो ।

त्यसैगरी बैंकको वितरणयोग्य नाफा ९५ करोड ६३ लाख पुगेको छ । नाफा संगै बैंकले खुद ब्याज आम्दानी ४१.८३ प्रतिशतले बढाएर ८३ करोड ७६ लाख ८२ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ५९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ९७ अर्ब १६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ८६ अर्ब ९० करोड निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो । यो ११.८१ अंकले बढेको हो ।

बैंकको जगेडा कोष १६.०२ प्रतिशतले बढेको छ। त्यसैगरी, निक्षेप ११.८१ प्रतिशतले उकालो लागेको छ । ०.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.२३ प्रतिशत पुगेको छ ।

सार्वजनिक विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्