राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ, ३ महिनामा कमायो १ अर्ब ५ करोड « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ, ३ महिनामा कमायो १ अर्ब ५ करोड



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले अशाेज मसान्तसम्ममा १ अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा २६.७० प्रतिशत बढी हो ।

त्यसैगरी बैंककाे खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ । बैंकले चालु वर्षमा २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ कमाएको छ ।

सार्वजनिक विवरण अनुसार बैंकको नेट फि तथा कमिशन आम्दानीे २०.४६ प्रतिशतले घटेर २१ करोड ६० लाखमा सिमित भएको छ । बैंकको सञ्चालन मुनाफा ९.३८ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५५ लाख पुगेको छ ।

१० अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६६ करोड रुपैयाँ सञ्चित रहेको छ ।

सार्वजनिक विवरण अनुसार बैंकले २ खर्ब ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब २२ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन गत वर्षके तुलनामा ८ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्