कामना सेवा विकास बैंकले बोलायो साधारण सभा, १८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने « Arthapath.com
२२ कार्तिक २०७८, सोमबार

कामना सेवा विकास बैंकले बोलायो साधारण सभा, १८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने



काठमाडौं । कामना सेवा विकास बैंकले साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको बैठकले मंगलबार साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकको साधारण सभा भोली मंगलबार बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा हुने छ । साधारण सभाले १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोेजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कात्तिक १० गते बुक क्लोज गरेकोले ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्