सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
२३ कार्तिक २०७८, मंगलवार

सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । सनराईज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीरुहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकको हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्