रियलमीको फ्लागसिप किलर “रियलमी जिटी नियो २” नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको कम्पनिले जनाएको छ ।
जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा ३००० कम मूल्य ५१, १ सय ९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् । जसमा ८÷१२८ जीबी स्टोरेज रहनेछ ।














