फेरी बढ्यो सुनचाँदीको भाउ « Arthapath.com
२३ असार २०८३, मंगलबार

फेरी बढ्यो सुनचाँदीको भाउ



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार पनि सुन तोलामा ४ सयले बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ४ सय र तेजावि सुन ९३ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सुन तोलामा १३ सय र चाँदी २० रुपैयाँले बढेर छापावाला सुन ९४ हजार र तेजावि सुन ९३ हजार ५ सय चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्