सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा रुपेन्देहीको तिलोत्तमा « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा रुपेन्देहीको तिलोत्तमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफनो १ सय २ औं शाखा रुपेन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा शाखा संचालन गरेको छ । बैंकले बिहीवार देखि उक्त शाखा संचालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा बैंकले जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्