हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता



काठमाडौ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा NEPALPAY QR संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच क्युआर सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले NEPALPAY QR उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको QR मार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत NCHL ले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त NEPALPAY QR एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा हिमालयन बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्